Search This Blog

Sunday, June 23, 2013

Increase Laptop Battery Life-(in Nepali)

लामो लोडसेडिङ, ल्यापटपमा गर्नुपर्ने काम थुप्रै । तर ल्यापटपको ब्याट्रीको चार्ज लामो समयसम्म नटिक्दा कसलाई पो सकस नपर्ला र ? बजारमा विभिन्न थरीका ल्यापटप छन् । किनेको सुरुताका सबैको ब्याट्री ब्याकअप राम्रै हुन्छ तर छोटो समयमै ब्याट्रीको काम खस्किन थाल्छ अर्थात् ब्याकअप घट्दै जान्छ ।

 ब्याट्रीको चार्ज नखप्नु अर्थात् ब्याकअप राम्रो नदिनुमा एउटा कारण ब्याट्री पुरानो हुँदै जानु हो तथापि यसका अन्य कारणहरु पनि हुन्छन् । ल्यापटपको ब्याट्री कति खप्छ ? भन्ने कुरा प्रयोगकर्ताको हातमा पनि भर पर्छ । ल्यापटपको ब्याट्रीको आयू बढाउने केही टिप्सहरु यहाँ प्रस्तुत गरेका छौँ, जसलाई जो कोही ल्यापटप प्रयोगकर्ताले सजिलै व्यवहारमा उतार्न सक्छौँ :



  •   स्क्रीन चहकिलोपना अर्थात् स्क्रीन लाइटलाई कम गर्नुहोस् । स्क्रीनलाई जति धेरै चहकिलो बनाउनुहुन्छ उतिधेरै बढि उर्जा प्रयोग हुन्छ र ब्याट्रीको चार्ज छिटो सकिन्छ । किबोर्ड ब्याकलाइटिङ सिस्टम छ भनेपनि त्यसलाई अफ गर्नुहोस् ।
  •  ल्यापटपको युएसबी पोर्टमा घुसारेका पेन ड्राइभ जस्ता डिभाइसहरुले पनि ल्यापटपको उर्जा खान्छन् । त्यसैले काम सकिएपछि त्यस्ता बाह्य डिभाइस निकालिहाल्नुपर्छ ।
  •  ल्यापटपलाई बढि तात्नबाट जोगाउनुहोस् । सकेसम्म हावा चल्ने स्टाण्डमा राखेर ल्यापटप चलाउनुहोस् । ओछ्यान वा काखमा राखेर ल्यापटप चलाउँदा ल्यापटपको भित्री भागमा हावा खेल्न पाउँदैन । जसका कारण ल्यापटप बढि तात्छ । तापक्रम बढ्दा ल्यापटपको आन्तरिक पंखा तिब्र गतिमा घुम्छ जसका कारण बढि उर्जा खपत हुन जान्छ र ब्याट्रीको चार्ज छिटो सकिन्छ ।
  • तत्कालका लागि ल्यापटप चलाउनु भएको छैन, छिटै ल्यापटप चलाउनुपर्नेछ र सट डाउन गरिहाल्ने अवस्था छैन भने ल्यापटपलाई हाइबरनेट गर्नुहोस् । ल्यापटपलाई स्टाण्डबाई राख्न विना काममा उर्जा खपत हुन्छ तर हाइबरनेट गर्दा स्क्रीन बन्द हुनगई उर्जा बचत हुन्छ ।
  • विन्डोज अपरेटिङ सिस्टमबाट संचालित ल्यापटपमा पावर प्लान सेटिङ सेवा उपलब्ध हुन्छ । डिस्प्ले ब्राइटनेस, व्हेन टू टर्न अफ डिस्प्ले, हार्ड ड्राइभ, युएसबी जस्ता अप्सन दिइएको हुन्छ । यस्ता सेटिङको प्रयोगबाट विनाकारण हुने ब्याट्रीको उर्जाको खपत घटाउन सकिन्छ र ब्याट्रीको आयू बढाउन सकिन्छ ।
यो त सबै भयो चलिरहेको लेप्टोपमा के गर्ने अनि के न गर्ने भन्ने कुरा तर यदि तपाई कहिले कहिँ मात्र लेप्टोप प्रयोग गर्नु हुन्छ वा लामो समय सम्म बाहिर जादै हुनुहुन्छ भने साबधान!! जानु अघि लेप्टोप को बेटरी लेप्टोप बाट अलग गर्न न बिर्सनु होला ।

0 comments:

Post a Comment